शुक्रबार सुनको मूल्य ९०० ले बढ्यो

काठमाडौं, २७ चैत । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको छ । गत कारोबार दिनको तुलनामा बिहीबार १ हजार रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २८० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी २० रुपैयाँले बढेको हो ।