Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

१२ लाख ९५ हजारभन्दा बढीले सिंगटी हाइड्रोको आईपीओ पाएनन्

१२ लाख ९५ हजारभन्दा बढीले सिंगटी हाइड्रोको आईपीओ पाएनन्

काठमाडौं, २७ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आवेदन दिनेमध्ये १२ लाख ९५ हजार ८३० जनाको हात खाली भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने १५ लाख ६५ हजार ५३० जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो । यी आवेदकहरुबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले बताएको छ ।

कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कास मार्फत विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको शेयर कम्पनीले बाँडफाँट गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल २९ लाख कित्ता आईपीओमध्ये कम्पनीले ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x