Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गण्डकीका मुख्यमन्त्रीविरुद्ध दर्ता भयो अविश्वासको प्रस्ताव

गण्डकीका मुख्यमन्त्रीविरुद्ध दर्ता भयो अविश्वासको प्रस्ताव

काठमाडौं, २ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । त्यसअघि विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले बुधवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।
अधिवेशन अन्त्यको निर्णय गरिए पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीको रूपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको बताइएको छ । अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेको स्रोतले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x