Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

नबिल बैंकको ‘नबिल स्मार्टबैंक एप’मा कार्ड इन्टिग्रेसनको सेवा शुरू

नबिल बैंकको ‘नबिल स्मार्टबैंक एप’मा कार्ड इन्टिग्रेसनको सेवा शुरू

काठमाडौं, २ वैशाख । नबिल बैंकले ‘नबिल स्मार्टबैंक एप’मा कार्ड इन्टिग्रेसन सुविधाको शुरुवात गरेको छ । यस सुविधाअन्तर्गत अब ग्राहकले आफ्नो कार्डको जानकारी, जस्तै– कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्सका साथै कार्ड सक्रियता÷निष्क्रियता तथा कार्ड मार्फत साइनअप जस्ता कार्य नबिल स्मार्टबैंक एपद्वारा नै गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेबिट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x