Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एसिया बैंकको कामु प्रमुखमा न्यौपाने नियूक्त

एनआईसी एसिया बैंकको कामु प्रमुखमा न्यौपाने नियूक्त

काठमाडौं, ३ चैत । एनआइसी एसिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । लक्ष्मण रिसालले प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले सहायक प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपानेलाई कायम मुकायम सिइओ बनाउने निर्णय गरेको हो ।

न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले उनलाई कामु सिइओ बनाइएको बैंक सञ्चालक समितिले जनाएको छ । न्यौपानले प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । अहिले एनआइसी एसिया बैंकका देशभर १० लाख भन्दा बढी सेवाग्राही रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x