Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पोखरामा अत्याधुनिक सीटी स्क्यान सेवा शुरू

पोखरामा अत्याधुनिक सीटी स्क्यान सेवा शुरू

काठमाडौं, ५ वैशाख । उपत्यकाबाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्ष देखि स्थापित पोखरा एमआरआइ डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो ।

विशेषगरी मुटु, मस्तिष्कफोक्सो, पेट र हात खुट्टाको रगतको नशाहरु लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सीटी स्क्यान गर्ने सुविधा रहेको छ । यस सीटी स्क्यानको सुविधा २४ घण्टा नै उपलब्ध रहने बताइएको छ ।

मुटुको रगतनशाको जाँच कोरोनरी एनजियोग्राफी गर्न काठमाडौंसम्म जान नपर्ने पोखराका वरिष्ठ डाक्टरहरुद्वारा सञ्चालित यस सेन्टरमा विगत ३ वर्षदेखि १.५ टेस्लाको एमआर आइ मेमोग्राफी, युएसजी, गाइडेड बायोप्सीको सुविधा उपलब्ध हुँदै आइरहेको थियो । यस डाइग्नोस्टिक सेन्टरले आइएसओ गुणस्तरको लागि प्रक्रियामा रहेको समेत जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x