Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वसन्त सिजनका लागि हिमाल आरोहणमा उत्साह

वसन्त सिजनका लागि हिमाल आरोहणमा उत्साह

काठमाडौं, ५ वैशाख । कोभिड महामारीकै बीच मुलुकको पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । गत वर्षको वसन्तकालीन सिजनमा हिमाल÷पिक आरोहण शून्यप्रायः रहेकोमा यस वर्षको सो सिजनका लागि उल्लेख्य संख्यामा आरोहीले अनुमति लिएका छन् । यससँगै रोयल्टी संकलन पनि बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको तथ्यांक अनुसार शुक्रवार (अप्रिल १६)सम्ममा नेपालका विभिन्न हिमाल तथा पिक आरोहणका लागि ६२६ जनाले परमिट लिएका छन् । कुल ७१ वटा समूहबाट उक्त संख्याका आरोहीले विभागबाट स्वीकृति पाएका हुन्, जसमध्ये ४९३ पुरुष र १४५ महिला छन् ।

वसन्त सिजनका लागि १५ वटा हिमाल÷पिक आरोणका लागि परमिट जारी भएको छ, जसमध्ये सबैभन्दा धेरै परमिट लिइएको हिमालमा सर्वोच्च शिखर सगरमाथा रहेको छ । सगरमाथा आरोहणका लागि ३६ वटा समूहबाट ३३८ जनाले परमिट लिएका छन्, जसमा २६६ पुरुष र ८४ महिला रहेका छन् । सगरमाथापछि धेरै परमिट जारी भएको हिमालमा ल्होत्से रहेको छ । यो हिमाल आरोहणका लागि ११ वटा समूहबाट १०४ जनाले विभागबाट परमिट लिएका छन् ।

विभागका अनुसार शुक्रवारसम्ममा उक्त संख्यामा परमिट जारी हुँदा ४५ करोड १९ लाख ५५ हजार रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x