Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा ५८ करोड ६१ लाख

तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा ५८ करोड ६१ लाख

काठमाडौं, ५ बैशाख । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले २१ करोड ५४ लाख रुपैयाँ मात्र खुद नाफा गरो थियो ।

यस्तै बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २५.७३ प्रतिशत र ९५.०८ प्रतिशतले बृद्धि गरेको छ । खुद ब्याज आम्दानी १ अर्ब ७ करोड ७६ लाख रुपैयाँ र सञ्चालन नाफा ५९ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ।

यो अवधीमा बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *