Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, ५ बैशाख । तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार साँझ सम्पन्न १६औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन । जिल्लाका सातवटा बजार एकाइका कुल एक हजार नौ सय ५० मतदाता रहेकोमा श्रेष्ठ आठ सय छ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले छ सय ६५ मत प्राप्त गरेका थिए ।

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, संघको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार चयन भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x