Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौं, ५ बैशाख । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने अभियान संचालन गरिरहेको माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा क्युआर कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन । उक्त कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।

यस्तै बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *