५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री आज
काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले सोमवार ५ अर्ब २० करोड बराबरको ट्रेजरी विल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।
सूचना अनुसार २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कुल १८२ दिनका लागि विक्री गरिनेछ ।
सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।