Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

८ महिनामा ८८ अर्ब ८६ करोड पुनर्कर्जा लगानीमा

८ महिनामा ८८ अर्ब ८६ करोड पुनर्कर्जा लगानीमा

काठमाडौं, ६ वैशाख । चालू आर्थिक वर्षको ८ महिनामा पुनर्कर्जातर्फ ८८ अर्ब ८६ करोड रुपैयाँ लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७७ फागुन मसान्तमा सो परिमाणमा लगानी भएको हो ।

समीक्षा अवधिमा ७७ हजार १ सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब २४ अर्ब २८ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३८ हजार ३ सय ५५ ऋणीलाई प्रवाह भएको ८८ अर्ब २९ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ३६ हजार ७ सय ६३ महिला उद्यमीलाई प्रवाह भएको ३२ अर्ब ९५ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७८ ऋणीको रु.३ अर्ब ५ करोड कर्जा बक्यौता रहेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा वाणिज्य बैंकहरुको ५ खर्ब ९८ अर्ब ६१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीचबाहेक)को १ खर्ब ४६ अर्ब ७० करोड गरी कुल ७ खर्ब ४५ अर्ब ३१ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १२ खर्ब २७ अर्ब ६३ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब १० अर्ब ५ करोड गरी कुल रु.१३३७ अर्ब ६८ करोड अन्तर बैंक कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x