Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ५ अर्ब ९१ करोडको कारोबार

साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ५ अर्ब ९१ करोडको कारोबार

काठमाडौं, ९ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । आज नेप्से परिसूचक १५.८० अंकले वृद्धि भई २६४८ विन्दुमा रोकिएको हो ।

२१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर ५ अर्ब ९१ करोड ५१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि विशाल बजार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर कारोबार फुकुवा नेपला स्टक एक्सचेञ्जले ३ महिना पछि आजबाट गरेको हो । कारोबार खुलेकै दिन यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज विशाल बजारको शेयर मूल्य ३ हजार १६८ रुपैयाँ कायम भएको छ । त्यस्तै सिन्धु विकास बैंकको शेयर मूल्य पनि आज १० प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री एनसीसी बैंक लिमिटेडको भएको छ । यो बैंकको ६२ करोड २७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये होटल र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । आज होटल समूहको परिसूचक १.४५ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.४५ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x