Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी पुनरकर्जा स्वीकृत

१ खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी पुनरकर्जा स्वीकृत

काठमाडौं, १४ वैशाख । मौद्रिक नीति २०७७÷७८ ले व्यवस्था गरेबमोजिम नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ कार्यान्वयनमा आएसँगै हालसम्ममा कुल १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँको पुनरकर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले ६६औं वार्षिकोत्सवको अवसरमा पुनरकर्जा लिनेको संख्या बढेको जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ट रूपमा र ग्राहक ऋणीअनुसार पुनरकर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

एकमुष्ट प्रदान गरिने पुनरकर्जातर्फ क, ख र ग वर्गका संस्थालाई दुई पटक गरी कुल ९२ अर्ब ३८ करोडको पुनरकर्जा स्वीकृत भएको छ । एकमुष्टतर्फ प्रवाह भएको पुनरकर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका लघु, घरेलु तथा साना उद्यम पुनरकर्जातर्फ ३५,५५४, विशेष पुनरकर्जातर्फ २,०३३ र साधारण पुनरकर्जातर्फ १०,९६३ गरी कुल ४८,५५० ऋणीहरूमा पुनरकर्जाको पहुँच पुगेको छ । यसरी प्रवाह भएको पुनरकर्जा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा पाँच ऋणीलाई समेट्नुपर्ने व्यवस्था भएबमोजिम देशको कुल ५१९ भन्दा बढी स्थानीय तहस्थित बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको छ ।
इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जातर्पm २८ वटा लघुवित्त वित्तीय संस्थाको लागि रु.१० अर्ब २३ करोडको पुनरकर्जा स्वीकृत भएको छ । ग्राहक ऋणीअनुसार राष्ट्र बैंकबाट प्रदान गरिने २० करोड रुपैयाँसम्मको
पुनरकर्जातर्फ फागुन मसान्तसम्म २८१ ऋणी लाभान्वित हुने गरी ३९ अर्ब ५६ करोड रुपैयाँको पुनरकर्जा स्वीकृत भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x