मुक्तिनाथ विकास बैंकद्वारा आर्थिक सहयोग
काठमाडौं, १५ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । उपभोक्ता संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको बताएको छ ।
बैंकले मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामा नै रेमिट्यान्स जम्मा जस्ता सेवा घरबाट नै गर्न सकिने व्यवस्था गरेको छ ।