एनआइसी एशिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्दै

काठमाडौं, ५ चैत । एनआइसी एशिया बैंक लिमिटेडले म्यक्स मनी एसडिएन बिएचडीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेको छ ।

उक्त सम्झौता अनुसार म्याक्स मनीको मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *