पुरुषकै भरमा पोते उद्योग
मानमती पाण्डेय
काठमाडौं, ५ चैत । नेपालमा प्रायः युवाहरुमा बैदेशिक रोजगारी प्रति आर्कषण बढ्दो छ । दैनिक १५ सय भन्दा बढीको हाराहारीमा युवाहरु रोजगारीको खोजीमा बिदेशीने गरेका छन् । तर अहिले केहि युवा जसले स्वदेशमै सानै काम गरेर भएपनि राम्रै आम्दानी गरिरहेका छन् ।
हामी काठमाडौंको असनको इन्द्रचोकको पोते बजारमा पुग्दा त्यहाँ प्राय पुरुष पोते बुनिरहेका थिए । त्यस पोते बजारमा ४२ वटा भन्दा बढि पसल छ । जसमा अधिकांश पुरुषहरु नै कार्यरत छन् ।
काठमाण्डौँको महाबौद्धमा बस्दै आएका मुस्लीम समुदायका रज्जा उद्दिन त्यहीको एक पोते व्यवसायी हुन् । उनी कक्षा ६ मा पढ्दै गर्दा यो व्यवसायमा लागेका हुन । यो उनको पुख्यौ पेशा हो । राणा साशनकाल देखी नै उनको पुस्ताले यही क्षेत्रमा यो व्यवसाय गर्दै आएका छन् । पुख्यौ कामलाई निरन्तरता दिन उनले पनि यो व्यवसाय सुरु गरेका हुन । अहिले उनको पसलमा आफ्नै परिवारका ८ जना काम गर्ने सहयोगी छन । उनको पसलमा काठमाण्डौँका मात्र नभएर विभिन्न जिल्लाहरुबाट पोते किन्ने मानिसहरु आउने गर्छन । उनी भन्छन् ‘अहिले नौगेडीको माग बढेको छ। आफ्नै सुन ल्याएर नौ गेडी बनाएको ५ सय देखी ७ सय सम्म लिने लिन्छौ । ’ उनले डिजाइन गरेका पोते नेपाल मात्र नभएर अमेरीका, जापान, क्यानडा, रसीया लयायतका देशहरुमा पनि जाने गरेको बताए ।
उनीजस्तै साहिद उद्दिम पनि युवा पोते व्यवसायी नै हुन। उनले यो काम बुबा बाजेले गदै गर्दा हेरेर सिकेको हुन । ग्राहकका चाहाना अनुसार फरक फरक डिजाइनका गहना बनाउ ग्राहकहरुको माग अनुसारका डिजाइन बनाउने गर्दछन् । यो उनको पुख्यौली व्यवसाय भएकाले आपm्ना छोरालाई पनि सीकाउने बताउछन् । पोतेको वजार पहिलेका तुलनामा अहिले निकै बढेको छ ।आधुनिकता संगै पोतेको जिजाइनमा पनि फरकपन आएको छ । विशेष गरि विबाह, ब्रतबन्ध, तिज जस्ता चाडबाडमा यसको व्यापार निकै फस्टाउने गरेको छ । यस्तो सीजनमा दैनिक १५ हजार सम्म व्यापार हुने र अफ सिजनमा दैनिक ७र८ सयको मात्र व्यापार हुने उनी बताउछन् । अहिले उनको पसलमा नौगेडी, रानिहार, चोकर,पाटामाला जस्ता थुप्रै डिजाइनर पोते छन् । पोते व्यवसाय नै उनीहरुको आम्दानिको मुख्य स्रोत हो । यस पेशा प्रति पहिले देखी नै भावनात्मक सम्बन्ध रहेको उनको भनाइ छ ।
त्यस्तै काठमाडौंकै बानियाटार बस्ने रमेश गुरुङले लामो समय देखि यही पेशा गरिरहेका छन् । यही पेशाबाट प्राप्त आम्दानीले उनले १० जनाको परिवार धान्दै आएका छन् । उनी भन्छन् ‘घरको आर्थिक स्थिती अली कमजोर भएकाले घरको कार्यभार मै माथि थपियो धेरैले मलाइ नेपालमा बसेर केहि हुदैन भन्दै बिदेश जान पनि सल्लाह दिए तर मैले पोते व्यवसायमै लागेर पनि केहि गर्न सकिन्छ भन्ने सोचेर यो काम गर्न थाले । ’ अहिले उनी मासिक २० हजार आर्जन गर्दै आएका छन् भने पोते सम्बन्धि सम्पुर्ण काम पनि सिकि सकेका छन । अब उनी आफ्नो छुट्टै पसल खोलने सोचमा छन् । विदेशमा गएर रगत पसिना बगाउनु भन्दा स्वदेशमै मेहनेत गर्न उनी आफु जस्तै अरु युवालाई पनि सल्लाह दिन्छन् ।
पोतेका लागि आवश्यक पर्याप्त कच्चा पदार्थ नेपालमा पाइदैन । विगतमा पोतेका लागि आवश्यक धागो, मुङ्गा, मोती जस्ता सामाग्री भारतबाट आयात हुने गथ्यो । अहिले जापान,चिन, र चेकोस्लोभागीयाबाट आउने गरेकोछ ।१ रोल धागोको ५० र प्रति पोते प्याकेट ५ सय देखी हजार पर्ने उनीहरु बताउछन् ।
पोते हिन्दु संस्कृती अनुसार धार्मिक साँस्कृतिक मान्यता बोकेको श्रङ्गार हो । मुस्लीम समुदायमा पोते लगाउने चलन नभए पनि उनीहरुले पुर्खा देखी यसको व्यापार गर्दै आएका छन् । तर यो उनिहरुको पुख्यौली पेशा भए पनि यसमा मुस्लीम महिलाहरुको सहभागीता शुन्य छ । महिलाले आफन्त,नातागोता र अन्य मानिसले देख्छन भनेर नै महिलाहरुलाई यसबाट टाढै राखेका हुन । नेपाली समाजमा धार्मिक, प्राकृतिक र साँस्कृतिक हिसावले पोतेको छुटै महत्व पौराणिक मान्यता अनुसार पनि हिन्दु बिवाहित महिलाका लागि पोते निकै महत्वपुर्ण मानिन्छ ।