Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जनचेतना र पूर्वाधारको कमीले फोहोरमैला व्यवस्थापनमा चुनौती

जनचेतना र पूर्वाधारको कमीले फोहोरमैला व्यवस्थापनमा चुनौती

काठमाडौं, १८ वैशाख । पछिल्लो समय बढ्दो शहरीकरण तथा मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापन सर्वेक्षण २०७६ को नतिजाले जनचेतनाको कमी, ल्याण्डफिल साइटको समस्या तथा नगरपालिकाहरुमा जनशक्ति, बजेट र पूर्वाधारहरुको कमीले गर्दा फोहोरमैला व्यवस्थापनमा चुनौति थपिएको देखाएको हो ।

विभागले गरेको सर्वेक्षणमा औसतमा एउटा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा २२३२.७ मेट्रिकटन फोहोर संकलन गरेको देखिएको छ । यसमा दैनिक रुपमा प्रतिदिन ६.१ मेट्रिकटन पर्न आउने सर्वेक्षणले देखाएको छ, जसमा जैविक ५४ प्रतिशत, अजैविक ३३.३ प्रतिशत र अन्य फोहोरमैलाको १२.७ प्रतिशत रहेको छ ।

त्यस्तै ४२.१ प्रतिशत नगरपालिकाले ल्याण्डफिल साइटको प्रयोग गरेको सर्वेक्षणमा उल्लेख छ । संकलित फोहोरमध्ये ४८.६ प्रतिशत फोहोरलाई ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको पाइएको छ । तथ्यांक संकलन गरिएकामध्ये ३० वटा नगरपालिकाहरुले जम्मा उत्पादित फोहोरको ४.१ प्रतिशत पुनः प्रशोधन कार्य गरेको पाइएको सर्वेक्षणले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x