Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एसियन कंक्रिटोले गुणस्तर तथा नापतौल विभागबाट ‘एनएस’ प्राप्त गर्यो

एसियन कंक्रिटोले गुणस्तर तथा नापतौल विभागबाट ‘एनएस’ प्राप्त गर्यो

काठमाडौं, १९ वैशाख । निर्माणजन्य सामग्री उत्पादक कम्पनी एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएको छ । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो पहिलो भएको जनाइएको छ।

उद्योगले यही बैशाख ७ गते विभागबाट एनएस पाएको हो । उद्योगले एनएसका लागि गत कात्तिकमा आवेदन दिएको थियो । ‘एसियन कंक्रिटो आउनुपूर्व पनि अन्य कम्पनीहरु थिए । तर, उनीहरुले एनएसका बारेमा कुनै चासो लिएको देखिएको थिएन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘तर, एसियन कंक्रिटोले आफ्नो उत्पादन बजारमा आउने वित्तिकै एनएसको मापदण्ड बनाउन अनुरोध गर्दै आएको थियो ।’

संसारभर यस्ता सामग्रीको मापदण्ड हुन्छ । नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई बारम्बार यसको मापदण्ड बनाउन अनुरोध गरेको उद्योगका अध्यक्ष मनीष रुङ्गाटाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *