माथिल्लो तामाकोशीको सुरुङको परिक्षण शुरु
काठमाडौं, १९ वैशाख । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङको परिक्षण शनिवारबाट शुरु गरिएको छ । सुरुङमा पानी पठाएर सुरुङको परिक्षण शुरु गरिएको हो ।
आयोजनाले यसअघि गत वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने तथा वैशाख १२ गतेबाट सुरुङमा पानी पठाई परिक्षण गर्ने जनाएको थियो । सुरुङको परीक्षण सम्पन्न गर्न १०–१२ दिन लाग्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । यो परिक्षण सफल भएपछि पेनस्टकको तथा अन्य आवश्यक परीक्षण गरेपश्चात आयोजनाको विद्युत् उत्पादनको अवस्थामा पुगिने छ।
यो आयोजनाको कूल विद्युत उत्पादन क्षमता ४५६ मेगावाट हो ।