Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआइसी एशियाका ग्राहकले अनलाईन मार्फत सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत नगद फिर्ता पाउने

एनआइसी एशियाका ग्राहकले अनलाईन मार्फत सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत नगद फिर्ता पाउने

काठमाडौं, २० वैशाख । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत यही वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फि स्टोर र खानपिन फूड एन्ड टूरबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको हो ।

बैंकले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । यसका लागि ग्राहकहरूले बैंकको कार्डमार्फत ई–कमर्श तथा पिओएस भुक्तानी एवं मोबाइल तथा क्यूआर कोर्डबाट भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x