Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

ह्युमानिटी फाउण्डेसनद्वारा सुदूरपश्चिमका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

ह्युमानिटी फाउण्डेसनद्वारा सुदूरपश्चिमका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

विवेक नागरी
धनगढी, २१ वैशाख । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका १०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्यसमेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत लगानीमा खरिद गरेर ल्याइएका अक्सिजन सिलिण्डर अस्पताललाई हस्तान्तरण गर्ने काम भइरहेको जानकारी दिए । तीन दिनको अथक प्रयासपछि आफ्नै लगानीमा कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर खरिद गरेको उपाध्यायले बताए ।

सुदूर पश्चिमका अस्पतालहरुमा उपचाररत संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिब्र भएपछि फाउण्डेसनले पहिलो चरणमा सरकारी अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत सेती प्रादेशिक अस्पताललाई १०० थान सिलिण्डिर उपलब्ध महाकाली अस्पताललाई ४१ थान सिलिण्डर डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x