Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महिला लघुवित्तको शेयर मूल्य लगातार बढेर ४ हजारमाथि उक्लियो

महिला लघुवित्तको शेयर मूल्य लगातार बढेर ४ हजारमाथि उक्लियो

काठमाडौं, २१ वैशाख । कारोबारमा आएको पहिलो दिनदेखिनै लगागातार सकारात्मक सर्किट लाग्दै आएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य मंगलबार९आज० पनि सकारात्मक सर्किट लागेको छ । आज यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ४ हजार १५८ रुपैयाँ पुगेको छ ।

४३८ रुपैयाँमा कारोबार खुलेको यो कम्पनीको शेयर मूल्य अहिले बढेर ४ हजार १५८ रुपैयाँ पुगेको छ । चैत ३ गतेबाट उक्त कम्पनीको शेयर कारोबारमा आएको थियो । यो कम्पनीले गत फागुन १४ गते सर्वसाधारणमा आइपीओ बाँडफाँड गरेको थियो । कम्पनीको संस्थापक तर्फको ६ लाख कित्ता र सर्वसाधारण तर्फको ४ लाख कित्ता गरी कुल १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x