Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा

नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा

काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आएको छ ।

‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिनुहुने नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा कृतज्ञता ज्ञापन गरेका छन् । कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्नुहुने बीमितहरु, अभिकर्ताहरु तथा कम्पनीका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त ज्ञापन गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गर्दै अटुट विश्वास र अथाह स्नेहका साथ कम्पनी र सेवाग्राहीबीचको मजबुत सम्बन्ध सधैँ कायम रहिरहने आशा व्यक्त गरेका छन् ।

कम्पनीमा लगानी रु. १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोष रु. १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ र शेयरधनी कोष रु. ८ अर्ब ८५ करोडभन्दा बढीको रहेको छ । कम्पनीको चुक्तापूँजी रु. ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x