Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

कर बुझाउँने म्याद थप गर्न चेम्बरको माग

कर बुझाउँने  म्याद थप गर्न चेम्बरको माग

काठमाडौं, २१ वैशाख । नेपाल चेम्बर अफ कमर्शले कर विवरण र कर रकम दाखिला गर्ने म्याद थप गर्न सरकारसँग माग गरेको छ । चेम्बरले मंगलबार विज्ञप्ति जारी गर्दै कारोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाले गर्दा व्यवसायीहरु कार्यलय जान सक्ने अवस्था नभएको भन्दै कर विवरण र कर दाखिला गर्ने म्याद थप गर्न माग गरेको हो ।

‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन् । सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x