Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं, २१ वैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक झिनो अंकले वृद्धि भएर बन्द भएको छ । आज परिसूचक १.९४ अंक वृद्धि भएर २६५४.६९ विन्दुमा रोकिएको हो । आज परिसूचकमा झिनो अंकले वृद्धि भएको भएपनि कारोबार रकम भने घटेको छ । हिजो साडे ७ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब ५ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ ।

२१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर खरिद विक्री भएको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, रु रु जलविद्युत परियोजना लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडको रहेका छन् ।

समता र महिला लघुवित्तको शेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ भने ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । त्यस्तै युनभर्सल पावरको शेयर मूल्य ८.९९ प्रतिशते वृद्धि भएको छ ।

आज कारोबार आएका १३ समूहमध्ये ६ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x