Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनआईसी एशिया बैंकद्वारा चमत्कारिक बचत सिरिज अन्तर्गत दुई जनालाई २० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा चमत्कारिक बचत सिरिज अन्तर्गत दुई जनालाई २० लाख बीमा रकम भुक्तानी

काठमाडौं, २१ वैशाख । एनआईसी एशिया बैंकले चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बिमा रकम उपलब्ध गराएको छ । बैंकले जनही रू. १० लाखका दरले दुई जना ग्राहकलाई उक्त रकम भुक्तानी गरेको हो । सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षीया निशा श्रेष्ठ आले कक्षपति र कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षीया बिन बहादुर वर्मालाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको बैंकले जानकारी गराएको छ ।

बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकोमा सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप उनका पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत खातावालाले उक्त रकम प्राप्त गरेकी हुन् । साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेकाहरुलाई उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

हालसम्म बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत देशभरका ४४५ जना भन्दा बढी ग्राहकले बीमा वापतको रू. २ करोड ९० लाखभन्दा बढी रकम प्राप्त गरि सकेको बैंकले जनाएको छ ।

हाल बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर रं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x