Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बियो

उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बियो

काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त अवधिमा निषेधाज्ञा थप कडा हुने बताइएको छ ।

साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x