Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा २० करोड लगानी गर्ने

राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा २० करोड लगानी गर्ने

काठमाडौं, २३ वैशाख । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागको अवकास कोष इकाईले एक सूचना जारी गरी कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँबराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ।

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा निक्षेप लगानी गर्न लागिएको हो। राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा १६ करोड, विकास बैंकहरूमा ३ करोड र वित्त कम्पनीहरूमा १ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

यो रकम २०७८ जेठ २ देखि २०७९ जेठ २ गतेसम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा आकर्षक ब्याज भुक्तानी हुने गरी लगानी गरिने जनाएको छ। रकम लिन चाहने बैंक तथा वित्तीय संस्था आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याज दर उल्लेख गरी वैशाख २६ भित्र शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरेर राष्ट्र बैंकमा पेस गरिसक्नुपर्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *