Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री भारत भ्रमणमा, नेपाल र भारत बिचको व्यापार प्रवद्र्धनमा छलफल

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री भारत भ्रमणमा, नेपाल र भारत बिचको व्यापार प्रवद्र्धनमा छलफल

काठमाडौं, ६ चैत । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव विश्व ब्यापार संगठनको मार्च १९ र २० मा भारतको नयां दिल्लीमा आयोजना गरिएको अनौपचारिक मन्त्रि स्तरीय बैठकमा सहभागित भएका छन् । उक्त बैंठकको क्रममा मन्त्री यादवले भारतका वाणिज्य मन्त्री सुरेस प्रभु र परराष्ट्र मन्त्री सुष्मा स्वराजसंग भेटवार्ता गरेका छन् ।

उक्त भेटघाटको क्रममा मन्त्री यादवले नेपालबाट भारतमा निकासी हुने वस्तुहरु(खास गरी कृषि जन्य वस्तुहरु)को निर्यात सरलीकरण गर्न नेपाल भारत सीमाका मुख्य भंसार नाकाहरुमा क्वारान्टाइन लगायतका व्यापार जन्य पूर्वाधार निर्माण गर्ने, भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्ने र नेपालमा भारतीय लगानी वृद्धि गर्ने विषयमा जोड दिएका छन् । उनले आगामी अप्रिल महिनामा नेपालमा हुने वाणिज्य सचिव स्तरिय बैठकलाई सफलतापूर्वक सम्पन्न गर्ने समेत बताए ।

भारतीय वाणिज्य मन्त्री सुरेस प्रभुले नेपाल–भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याहरु बारेमा आफु जानकार रहेको र ती समस्याहरु समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुहरुमा लगानी बृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा नतिजा देखिने गरी काम गर्न भारत इच्छुक रहेको विचार व्यक्त गरे । यसैगरी, भारतका विदेश मन्त्री सुष्मा स्वराजसंग मन्त्री यादवले नेपालमा राजनैतिक परिवर्तन पश्चात अबको लक्ष्य देशलाई एकतावद्ध गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, सुशासन, आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने रहेको र सोही कार्यको लागि जनादेश प्राप्त भएको विषयमा जोड दिए । साथै उनले नेपाल भारत बीचको व्यापार र पारवहनको क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न एकीकृत जांच चौकी लगायतका व्यापारजन्य पूर्वाधार निर्माण, क्रशबोर्डर रेलवे निर्माण, कलकत्ताबाट नेपाल आउने कार्गोलाई थप सहजीकरण, कलकत्ता देखि कोशी नदिसम्म जलमार्ग निर्माण र नेपाल तथा बंगलादेश जोड्ने टनेल मार्ग निर्माण गरी दुई देश बीचको सम्वन्धलाई नयां उचाईंमा पु¥याउनु पर्ने लगायतका विषय राखेका थिए ।

सो सन्दर्भमा भारतका विदेश मन्त्री स्वराजले ने रत बीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतिजा मूलक किसिमले संवोधन गर्न आफ्नो तर्फबाट गृहकार्य भईरहेको र मूलरुपमा नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न भारत तयार रहेको विचार व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x