Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हिमालयन डिस्टिलरीको नाफा ५३.८९ ले बढ्यो

हिमालयन डिस्टिलरीको नाफा ५३.८९ ले बढ्यो

काठमाडौं, २६ वैशाख । हिमालयन डिस्टिलरीले चालू आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमाससम्म ६७ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ। कम्पनीको गत आर्थिक वर्षको अवधिको तुलनामा खुद मुनाफा ५३.८९ प्रतिशतले बढेको हो ।

कम्पनीको वित्तीय विवरण अनुसार यो अवधीमा तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएको छ । यो कारोबार गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढी हो । कम्पनीको उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको विश्वास र व्यवस्थापन खर्चको उचित परिचालनका कारण कम्पनीको नाफा बढेको बताइएको छ।

चालू वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी एक सय ७६ पैसाबाट एक सय तीन रुपैयाँ ३८ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x