Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइतबार नेप्सेमा १८.५६ अंकको गिरावट

आइतबार नेप्सेमा १८.५६ अंकको गिरावट

काठमाडौं, २६ वैशाख । यो साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८. ५६ अंकले घटेको छ । ०.७० प्रतिशतले घटेको नेप्से २६१५.५६ बिन्दुमा झरेको छ ।

आइतबार कारोबारमा आएका १३ समूह मध्ये सबै समूहको उपसूचकमा गिरावट आएको छ। शेयर कारोबार भने ६ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ । २ सय १९ कम्पनीको शेयर कारोबार भएको छ। एनसिसि बैंकको सबैभन्दा धेरै २८ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सबैभन्दा धेरै शेयर मूल्य बृद्धि भने समता घरेलु लघुवित्त कम्पनीको छ । समताको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । गुमाउनेमा भने महिला लघुवित्त अग्रस्थानमा छ । लघुवित्तको शेयर मूल्यमा आइतबार १० प्रतिशतको गिरावट छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x