सेन्ट्रल फाइनान्सको ८.५ प्रतिशत बोनस शेयर

काठमाडौं, ६ चैत । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ८.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त निर्णय चैत ५ गते बसेको फाइनान्सको संचालक समितिको २४८औं बैठकमा गरिएको हो ।

फाइनान्सको संचालक समितिले निर्णय गरेको उक्त बोनस शेयरमा लाग्ने कर बापत लाग्ने ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद लाभांश समेत दिने बताएको छ । कम्पनीले गत पौषमा जारी गरेको हकप्रद शेयरका लागि आवेदन दिने शेयरधनीहरुले समेत उक्त बोनस शेयर शेयर पाउने कम्पनीले जनाएको छ । कम्पनीले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *