नविल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठान बीच सम्झौता

काठमाडौं, ६ चैत । नविल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठान बीच आज समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहिन भएका तथा आर्थिक अभावले उपचार बाट बन्चित दृष्टिविहिनहरुको हितलाई ध्यानमा राखी उक्त पत्रमा हस्ताक्षर गरीएको हो ।

यस समझदारी पत्र अनुसार सहयोग आवश्यक रहेकोले तिलगंगा आँखा प्रतिष्ठानद्धारा सिफारीस गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्न नविल फाउन्डेसनले तिलगंगा अाँखा प्रतिष्ठान मार्फत आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा काठमाण्डौँमा आयोजित एक कार्यक्रमका विच नविल फाउन्डेसनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवाल र तिलगंगा अाँखा प्रतिष्ठानका तर्फबाट डाक्टर रीता गुरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । आखा दान र प्रत्यारोपण जस्तो पवित्र अभियानमा फाउन्डेसनले केहि सहयोग गर्न सकेकोमा अध्यक्ष अग्रवालले खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *