ओम डेभलपमेन्ट बैंक लिमिटेडको साखा विस्तार

ओम डेभलपमेन्ट बैंक लिमिटेडले राजधानिको गोङ्गबु,नयाँबानेश्वर र सातदोबाटोमा एकै साथ ३ साखा विस्तार गरेको छ । विस्तार गरीएका नयाँ साखाहरुको नेपाल राष्ट बैंकका डेपुटी गर्भनर श्री चिन्तामणी शिवाकोटीले मंगलबार उद्घाटन गर्नुभयो । सातदोबाटो साखा उद्घाटन गर्दै श्री शिवाकोटीले बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाह बढ्न जादा मुलुकमा अर्थतन्त्र चलायमान हुने बताउनुभयो । उक्त समारोह बिच सुमेरु सामुदायीक हस्पीटल र मानव सेवा आश्रमलाई २ थान ह्वील चीयर  वितरण गरियो ।  कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कुशल एवम इमानदार भइ कार्य गर्न समेत आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *