सुनको मूल्य बढेर प्रतितोला ९२३०० रुपैयाँ कायम
काठमाडौं, २८ वैशाख । स्थानीय बजारमा सुनको भाउ मंगलबार (आज) तोलामा ३०० रुपैयाँ बढेको छ । योसँगै सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। चाँदी तोलाको १५ रुपैयाँ घटेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ।