Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषिवस्तु निकासीमा कोभिड प्रभाव, भण्डारमै थन्किए अलैंची र अदुवा

कृषिवस्तु निकासीमा कोभिड प्रभाव, भण्डारमै थन्किए अलैंची र अदुवा

काठमाडौं, २९ काठमाडौं । कोरोना प्रभावका कारण भारत निकासी हुन नसकेपछि नगदेबालीका रूपमा रहेका मुख्य कृषिवस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि अलैंची र अदुवाको निर्यात प्रभावित भएको छ ।

चैत र वैशाख महिना यस्ता कृषिवस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि नाका बन्द छन् ।

अहिले नेपालमा उत्पादित अलैंचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैंची व्यवसायी संघका सचिव मातृका घिमिरेलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार अबको तीन महिनामा नयाँ अलैंची उत्पादन हुन्छ । नयाँ अलैंची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन । त्यसै पनि पछिल्लो समय अलैंचीको बजार खस्किएको छ ।

अलैंचीको मात्र होइन अदुवा निकासीमा पनि उस्तै समस्या छ । अदुवा निकासी हुने मुख्य सिजन यही हो, तर निकासी शून्य रहेको व्यवसायी बताउँछन् । अदुवाको नयाँ उत्पादन अबको दुई महिनामा हुन थाल्छ । त्यसैले पनि अहिले नै व्यवसायीले आफूसँग भएको अदुवा बेचिसक्नु पर्छ । तर यसपटक कोभिडका कारण व्यवसायी निराश बनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x