Date

बिहि, असार २६, २०८२
Thu, July 10, 2025

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

काठमाडौं, २९ वैशाख । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान निधन भएको छ। केही समयदेखि संक्रमण भएर अस्पताल भर्ना भएका श्रेष्ठको बुधबार बिहान निधन भएको हो । मंगलबार (हिजो) राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।

श्रेष्ठले तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए भने माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । श्रेष्ठ बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *