Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुलुकको वैदेशिक व्यापार : निर्यात २० प्रतिशतले बढ्दा आयातमा १३ प्रतिशतको वृद्धि

मुलुकको वैदेशिक व्यापार : निर्यात २० प्रतिशतले बढ्दा आयातमा १३ प्रतिशतको वृद्धि

काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्षमा ९ महिनामा मुलुकको आयात र निर्यात दुवैमा दोहोरो अंक प्रतिशतको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनका अनुसार चैत मसान्तसम्ममा मुलुकको कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई रू. ९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रू. ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x