Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

विप्रेषण आप्रवाहमा १६.५ प्रतिशत वृद्धि, ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब

विप्रेषण आप्रवाहमा १६.५ प्रतिशत वृद्धि, ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब

काठमाडौं, २९ वैशाख । कोरोना महामारीकै बीच मुलुकमा विप्रेषण आप्रवाहमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब २ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । गतवर्षको यसै अवधिमा यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

चालू आवको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु.८१४ अर्ब ३६ करोड पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x