Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

विदेशी विनिमय सञ्चितिमा झीनो सुधार, १०.८ महिनाको आयात धान्ने

विदेशी विनिमय सञ्चितिमा झीनो सुधार, १०.८ महिनाको आयात धान्ने

काठमाडौं, ३० वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा विदेशी विनिमय सञ्चितिमा झनो अंकको सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको असार मसान्तसमममा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ ।

चालू आर्थिक वर्षको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३३.६ प्रतिशत, ८९.९ प्रतिशत र २९.७ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *