Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंक तथा वित्तीय संस्थाहरूमा १३.७ प्रतिशतले बढ्यो निक्षेप संकलन

बैंक तथा वित्तीय संस्थाहरूमा १३.७ प्रतिशतले बढ्यो निक्षेप संकलन

काठमाडौं, ३० वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलनमा दोहोरो अंकको वृद्धि छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनि गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३.० प्रतिशतले बढेको छ ।

चालू आवको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.७ प्रतिशत रहेको छ । २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४.४ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x