Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

पुनः प्रधानमन्त्रीमा नियुक्त ओलीले आज शपथ लिँदै

पुनः प्रधानमन्त्रीमा नियुक्त ओलीले आज शपथ लिँदै

काठमाडौं, ३१ वैशाख । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार साझँ प्रधानमन्त्री नियुक्त गरेका ओलीले ओलीको शपथग्रहण आज (शुक्रवार) अपराह्न २ बजे हुने भएको छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीवार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन् । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने प्रयास गरे पनि असफल भएका थिए । विपक्षमै रहेको अर्काे दल जनता समाजवादी पार्टी नेपालले सरकार बनाउने कुनै पनि गठबन्धनमा सामेल नहुने अडान राखेपछि कुनै पनि दलले बहुमत जुटाउन नसक्ने स्थिति देखा परेको हो ।

संविधानबमोजिम यसरी नियुक्त प्रधानमन्त्री ओलीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । २०७४ सालको आनिर्वाचनमा वाम गठबन्धन बनाई बहुमतसहित विजयी भएपछि एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिमा २०७४ फागुन ३ गते ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसअघि उनी २०७२ असोज २४ मा प्रधानमन्त्री भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x