Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने

काठमाडौं, ३० वैशाख । अमेरिकी सरकारले कोरोना भाइरसँग लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग टेलिफोन कुराकानी गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अर्को सातासम्ममा स्वास्थ्य सामग्री आइपुग्ने जानकारी दिएका हुन्।

के–कस्तो सामग्री आउन लागेको भने नखुलाएको पोखरेलको सचिवालयले जनाएको छ । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु। टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु,’ राजदूत बेरीको भनाई उद्धृत गर्दै पोखरेलको सचिवालयले जनाएको छ।

कुराकानीमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन राजदूत बेरीलाई आग्रह गरेका थिए। उनले कोरोनाभाइरस संक्रमणलाई रोक्न खोप नै उपयुक्त हुने भन्दै अमेरिकी सरकारको सहयोग चाहेको बताएका थिए। खोपको साथै भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा पनि नेपालले सहयोगको अपेक्षा गरेको पोखरेलले बताए।

राजदूत बेरीले भने आफ्ना नागरिकलाई अमेरिका फर्काउन हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए। त्यस विषयमा आफूहरूले सोचिरहेको र थप निर्णय सिसिएमसीको बैठकबाट गर्ने पोखरेलले बताएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x