Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चालू आवमा प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत रहने

चालू आवमा प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत रहने

काठमाडौं, २ जेठ । चालू आर्थिक वर्षमा मुलुकका सात प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत रहने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिदरको प्रक्षेपणको आधारमा औसतमा उक्त वृद्धिदर कायम हुने देखिएको हो ।

सात प्रदेशमध्ये बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी रहने अनुमान विभागले गरेको छ । यस प्रदेशको अर्थतन्त्रको वृद्धिदर ४.७ प्रतिशत रहने प्रक्षेपण गरिएको हो, जस अनुसार उसको अर्थतन्त्रको आकार रू. १६ खर्ब ८ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

विभागका अनुसार प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेर अर्थतन्त्रको आकार ६ खर्ब ६३ अर्ब पुग्नेछ । यस्तै प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर क्रमशः ३.६ र ३.४ प्रतिशत रहने प्रक्षेपण विभागको छ । यससँगै यी दुई प्रदेशको अर्थतन्त्र क्रमशः १ खर्ब ७२ अर्ब र २ खर्ब ९४ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ३.६ र ३.९ प्रतिशतले बढेर ३ खर्ब ७२ अर्ब र ५ खर्ब ९६ अर्ब पुग्ने अनुमान विभागको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x