Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

काठमाडौं–तराई द्रुतमार्ग : दुवै प्याकेजका सुरुङ निर्माणको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्ग : दुवै प्याकेजका सुरुङ निर्माणको ठेक्का सम्झौता

काठमाडौं, २ जेठ । काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजको सुरुङ निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । नेपाली सेनाले सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।

पहिलो प्याकेज करीब २१ अर्ब ६१ करोड र दोस्रो २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।

सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक नियमावली २०६४ को परिधिभित्र रही जारी गरिएको आशयपत्रमा सात दिनसम्म कसैको उजूरी नपरे तथा १५ दिनभित्र सम्झौता गर्नुपर्ने प्रावधानानुसार बंैक ग्यारेन्टीसहित दुवै कम्पनी आएपछि ऐन र नियमावलीअनुरुप सम्झौता गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताएका छन् ।

सेनाले पूर्णरुपमा पारदर्शी ढंगले सार्वजनिक खरीद ऐनको दफा र प्रावधानमा टेकेर सम्झौता प्रक्रिया सम्पन्न गरिएको जनाएको छ । सम्झौताबमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी ९ क्लष्टरका ठेक्का अघि बढ्ने जानकारी दिइएको छ ।

हालसम्मको समग्र प्रगति ११ दशमलव ११ रहेको उक्त आयोजनाको चालू आर्थिक वर्षको अन्त्यसम्म १६.२१ पु¥याउने लक्ष्य छ । चार लेनको ७२.५ किमी लम्बाइको दु्रतमार्गमा पहाडमा २५ र तराईमा २७ मिटर चौडाइ रहनेछ, जसमा ८७ पुल रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x