रगतको अभाव पूर्ति गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आकस्मिक रक्तदान

काठमाडौं, १ जेठ । ‘बिकल्प रहित मानव रगत,यसैमा अडिएको छ सारा जगत’ नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिका वडा नं. १९ दमाई टोलमा समाजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालित सो आाकस्मिक रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३१ जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई प्रमुख आतिथि समाजका अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर, योग बिज्ञन सम्बन्धि जानकारी मूलक पुस्तक, मास्क, पञ्जा र डोनर पीन सम्मान स्वरूप प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. २० नगर समितिका अध्यक्ष राम रञ्जित र सचिब राजेश मानन्धर उपस्थित थिए भने नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. २४ नगर समितिका अध्यक्ष सुरेश सिलाकार, नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. २१ नगर समितिका अध्यक्ष सुमितदास रञ्जितकार र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. १९ का सल्लाहकार मिलन शाहीको समेत उपस्थिति रहेको थियो ।

हाल बिश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड–१९ ले रगत व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *