Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

९ महिनामा ३ खर्ब ३ अर्बभन्दा बढी तरलता प्रशोचन

९ महिनामा ३ खर्ब ३ अर्बभन्दा बढी तरलता प्रशोचन

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷७८ को ९ महिनामा ३ खर्ब ३ अर्बभन्दा बढी तरलता प्रशोचन गरेको छ । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

बैंकले समीक्षा अवधिमा रिभर्स रिपोमार्फत १ खर्ब ९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल ३ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो । यस्तै सोही अवधिमा रिपो मार्फत १ अर्ब २ करोड र स्थायी तरलता सुविधामार्फत ७ अर्ब १२ करोड गरी कुल ८ अर्ब १४ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत १ खर्ब १३ अर्ब ९९ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब ६ करोड गरी कुल १ खर्ब ८७ अर्ब ४ करोड तरलता प्रवाह गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x