Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोभिडले घरेलु, लघु तथा मझौला उद्योग बढी प्रभावित

कोभिडले घरेलु, लघु तथा मझौला उद्योग बढी प्रभावित

काठमाडौं, ६ जेठ । गतवर्षदेखि शुरू भएर हाल भयावह रूपमा बढ्दै गएको कोरोना महामारीले सम्पूर्ण आर्थिक, व्यावसायिक एवं औद्योगिक क्षेत्रले संकट खेपिरहँदा उद्योगतर्फ घरेलु, लघु तथा मझौता उद्योग बढी मारमा परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ले कोरोना कहर र यसको नियन्त्रणका लागि चालिएका निषेधाज्ञा, बन्दाबन्दी लगायत कदमले उक्त उद्योगहरू बढी प्रभावित भएको देखाएको हो ।

केन्द्रीय बैंकले वैशाख ५ देखि १४ गतेसम्म विभिन्न माध्यमबाट नमूना लिएर उद्योग क्षेत्रमा कोभिडले पारको असरको सर्वेक्षण गरेको थियो, जसअनुसार सो अवधिमा ९०.५ प्रतिशत ठूला उद्योगहरू पूर्णरूपमा सञ्चालन हुँदा घरेलु र मझौला (१५–५० करोडसम्म स्थिर पूँजी भएका) उद्योग भने क्रमशः ७४.४ र ७४ प्रतिशत मात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ । यस्तै ७९.२ प्रतिशत लघु उद्यम÷खुद्रा पसल पूर्णरूपमा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ ।

सवेक्षण अवधिमा पूर्ण क्षमतामा सञ्चालन हुनेमा ठूला उद्योगपछि साना (१५ करोडसम्म स्थिर पूँजी भएका) उद्योग रहेका छन्, जुन ८१.७ प्रतिशतले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छन् ।

सो अवधिमा ६.८ प्रतिशत लघु उद्योग सञ्चालन नै हुन सकेका छैनन् । यस्तै ६ प्रतिशत मझौला उद्योग ५.६ घरेलु उद्योग समेत सञ्चालनमा आउन सकेका छैनन् । समग्रमा सञ्चालन हुन नसकेका उद्योग भने ४.२ प्रतिशत रहेको छ ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी÷व्यवसायीले कोभिड–१९ का कारण बजार माग घटेर चालु खर्च धान्न समस्या रहेको कारण उद्योग÷व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएको प्रतिवेदनमा उल्लेख छ । कोरोना संक्रमणको पहिलो लहरका कारण प्रभावित भएर विस्तारै लयमा फर्किन थालेको उद्योग व्यवसाय कोभिडको दोस्रो लहर बढेसँगै पुनः प्रभावित हुन पुगेको राष्ट्र बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x