Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एयरलाइन्सको टिकेटिङमा अनियमितता गर्नेलाई कारवाहीको चेतावनी

एयरलाइन्सको टिकेटिङमा अनियमितता गर्नेलाई कारवाहीको चेतावनी

काठमाडौं, ६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गर्ने चेतावनी दिएको छ। एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेलमा प्रमाणसहित पठाउन आग्रह गर्दै त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गत वैशाख २३ देखि यही जेठ १७ सम्म अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडान बन्द गरेको छ । तर एयर बबल सम्झौताअन्तर्गत रहेर स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा दुई उडान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

यसै क्रममा विभिन्न देशबाट पर्वतारोहण, पर्यटन र कुटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपेली सङ्घ, अमेरिका, रुसलगायत नेपालस्थित राजदूतावासबाट अनुरोध गरिएअनुसार प्रस्थानका लागि उडान अनुमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x